वैदेशिक रोजगारीमा जानेलाई दुःख दिने,आलटाल गर्ने काम नगरौंः प्रधानमन्त्री

बिहिबार, २ चैत्र २०७९

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई दुःख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन गरेर नियन्त्रण गर्न आदेश दिएका छन् ।

बिहीबार गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरेको बताएका हुन्।

उनले भने, ‘वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरेको छु। पासपोर्ट बनाउँदा,मेडिकल टेस्ट गर्दा,अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुस्ख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्। दुस्ख दिने,आलटाल गर्ने,ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।’