शंकरदेवमा ७ जना फर्जी विद्यार्थी मतदाता भेटिए

आइतबार, ५ चैत्र २०७९

काठमाडौं— काठमाडौंको शंकरदेव क्याम्पसमा ७ जना फर्जी विद्यार्थी मतदाता भेटिएका छन् ।

अनेरास्ववियुका नेता नारायण घर्तीले स्ववियु चुनावमा मत हाल्न जाने क्रममा पक्राउ परेको कुरा बताएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । केही बेर रोकिएको मतदान पुनः सुरु भएको छ ।