एमालेले के कारणले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो? –प्रभु साह
काठमाडौं— स्वतन्त्र सांसद् प्रभु साहले नेकपा (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन के कारण फिर्ता लिएको हो प्रष्ट नभएको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै साहले एउटा जिम्मेवार पार्टी एमालेले के कारणले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो आफूले बुझ्नै नसकेको कुरा बताए ।
‘त्यतिबेलाको प्रमुख घटक नेकपा (एमाले) ले किन समर्थन फिर्ता लियो? त्यो थाहा छैन । एउटा जिम्मेवार व्यक्तिले आएर बताउन सक्नुपथ्र्यो– किन त्यस्तो भयो? तपाईले किन समर्थन गर्नुभएको थियो र अहिले समर्थन फिर्ता लिनुभयो?’– उनले भने ।
साथै, नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा एमालेले ढोक्सा थापेको रुपमा लिएको उनले बताए । सभामुखमा एमालेको उम्मेदवार निर्वाचित हुँदा खुसी हुनेले कांग्रेसको राष्ट्रपति निर्वाचित हुँदासमेत खुसी हुन सक्नुपर्ने उनले बताए । ‘कांग्रेसले राष्ट्रपति पाउनै नहुने हो र? एमालले सभामुख पाउँदा सबैले ताली बजाउन पर्ने एमालेकै प्रश्तावित प्रधानमन्त्रीलाई कांग्रेसले समर्थन गर्दा ढोक्सा थापेको रुपमा लिने । उत्साहित हुनुपर्दैन?’– उनले प्रश्न गरे ।
एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासकाृे मत फिर्ता लिएसँगै प्रचण्डलाई समर्थन गर्दा पाएका चिजहरु पनि फिर्ता गर्नुपर्ने उनको दाबी छ । एमालेका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएसँगै प्राप्त चिज पनि पर्काउँदा राम्रो हुने उनको तर्क छ । एमालेले समर्थन फिर्ता लिँदा प्राप्त गरेको चिज फिर्ता दिनु पर्दैन? प्रचण्डलाई समर्थन गर्दा अरु चिज प्राप्त गर्नुभयो एमालेका साथीहरुले त्यो फर्काइदिए राम्रो हुन्थ्यो नि!