महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लियो

बिहिबार, ९ चैत्र २०७९

 

काठमाडौं— काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लिने पक्का भएको छ ।

महानगरपालिकाले प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग बुधबार १० वर्षका लागि यो सम्झौता गरेको छ । नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। पाँच बर्षपछि १० प्रतिशतलेभाडा वृद्धि गर्ने सम्झौतामा उल्लेख छ । पाँच रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको काठमाडौं प्लाजा ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २०० दुई पाङ्ग्रे सवारी साधन अटाउने पार्किङ् छ ।

काठमाडौं प्लाजालाई महानगरपालिकाले कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याउने बताएको छ । हाल विभिन्न ठाउँमा छरिएर रहेका महानगरका विभागका कार्यालयहरूलाई अब काठमाडौं प्लाजाबाट सञ्चालन गरिनेछ । समहति भएसँगै महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग तत्काल सार्न निर्देशन दिइसकेको बताएका छन् । सेवा अवरोध नहुने गरी विभागहरूलाई सारिने उनले बताए ।