बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज पुनः विश्वासको मत लिने

शुक्रबार, १० चैत्र २०७९

काठमाडौं— बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पुनः विश्वासको मत लिँदैछन् ।

यसअघि बुधबार विश्वासको मतका लागि तय गरिएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि स्थगित गरेर आजका लागि बोलाइएको थियो । बैठक दिउँसो १ बजे बस्नेछ । नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले केन्द्रमा गठबन्धन फेरिएसँगै दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन् । कांग्रेसले उनलाई विश्वासको मत दिने निर्णय गरेको छ । नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरे पछि आपसी सहमतिमा बुधबार आजलाई डाकिएको हो ।