प्रधानमन्त्री र सभामुख घिमिरेबीच भेटवार्ता

सोमबार, १३ चैत्र २०७९

 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । सभामुखको अधिकार कटौती गर्न कार्य व्यवस्था समितिको परामर्श चलिरहेका बेला प्रधानमन्त्री र सभामुखको भेट भएको हो । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।