विष्णु पौडेलले भीम रावललाई चेतावनी दिंदै भने, सच्चिनुस नत्र पार्टीले कदम चाल्छ

शुक्रबार, १७ चैत्र २०७९

काठमाडौँ  – एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले एमाले नेता भीम रावललाई सच्चिन आग्रह गरेका छन् ।

प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले १० औँ महाधिवेशनपछि नेता रावल पार्टीको विधि विधानभन्दा बाहिर गएको भन्दै सच्चिन आग्रह गरेका हुन्   आरोप लगाए ।

‘उहाँ १० औँ महाधिवेशनपछि पार्टीको विधि विधान मान्न थाल्नुभएन, केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत गर्दा पनि उहाँले स्वीकार गर्नुभएन’, पौडेलले भने ‘त्यसयता अहिलेसम्म पनि उहाँले पार्टीको नीति र नेतृत्व मान्नु भएको छैन यस्तै गरिराख्ने हो भने पार्टीले गम्भिर कदम चाले चेतावनी दिए । ’

रावललाई अझै पनि पार्टीको गतिविधिमा फर्किन पौडेलले सुझाव दिए । अझै पार्टीविरोधी गतिविधिलाई अगाडि बढाए वा आत्मालोचना नगरे पार्टीले थप कदम चल्न सक्ने पौडेलले प्रष्ट्याए ।

‘हाम्रो भीम रावलजीले पार्टीको अनुशासनको दृष्टिकोणले पार्टीको एउटा जिम्मेवार सदस्यले निर्वाह गर्ने कर्तव्यको दृष्टिकोणले उहाँ विगतमा लामो समयसम्म पार्टीको नेतृत्वदायी कमिटीमा रहेर काम गरेको पदाधिकारीको हैसियतले उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन ।

पार्टीको निर्णय मान्नुभएको छैन, उहाँले पार्टीको अनुशासन उल्लंघन गर्नुभएको छ । उहाँले पार्टीलाई कमजोर पार्ने, गतिविधि उहाँबाट भइरहेका छन् । उहाँले एकपछि अर्को गल्ती गर्नुभएको छ ’, पौडेलले भने ।