सर्वसाधारणका लागि मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ आजदेखि खुल्ला
काठमाडौँ – सर्वसाधारणका लागि मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आइपिओ आइतबार देखि निष्कासन तथा बिक्री खुल्ला भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेपछि सर्वसाधारणका लागि आइपिओ खुल्ला भएको हो।
कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ ।
जसमध्ये कम्पनीले ५ प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ।
बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि वितरण गरेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आइपिओमा छिटोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयमा माग बमोजिम आवेदन नपरेमा बिक्री अवधि २०८० वैशाख ३ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले ुकेयर एनपी डबल बी इस्युअरु रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।