परराष्ट्र सचिव भरतराज पौड्याल चीन जाँदै
काठमाडौं— परराष्ट्र सचिव भरतराज पौड्याल चीन जाने भएका छन्। उनी नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीचको द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा भाग लिन चीन जाने भएका हुन् ।
संयन्त्रको १५ औँ बैठक चैत २४ गते बेइजिङमा हुँदैछ। बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव पौड्याल र चीनको विदेश मन्त्रालयका उपमन्त्री सुन वेइडोङले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।