हर्क र बालेनबीच भेटवार्ता, समसामयिक विषयमा भयो कुराकानी
काठमाडौं— धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।
बालेनका सचिवालयका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईंले मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको जानकारी दिएका हुन्।उनका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो। ‘उहाँहरूले आ–आफ्नो ठाउँमा केरकस्ता कामहरू भइरहेका छन्, सोही विषयमा केन्द्रित भई कुराकानी भएको हो,’ उनले भने।
भेटमा मेयर हर्कले धरानमा पानी ल्याउने काम कसरी भइरहेको छ भनेर आफ्ना अनुभव साटेको थिए। उनीहरूले एकअर्कालाई ुसिलाम साक्माु लगाइदिएका थिए। सिलाम साक्मालाई जीवन सुरक्षा कवजको रूपमा लिइने गरिन्छ।