पोखरा–१८ मा पुन: मतगणना गर्न उच्च अदालतको आदेश

मंगलबार, २१ चैत्र २०७९

काठमाडौँ – उच्च अदालत पोखराले गत वैशाखमा भएको स्थानीय निर्वाचनमा पोखरा महानगर–१८ को पुन: मतगणना गर्न  उच्च अदालतले आदेश दिएको छ।

उच्च अदालत पोखराले पोखरा महानगर–१८ को वडाध्यक्षको मत गणना बदर गर्दै पुन: मतगणना गर्न  उच्च अदालतले आदेश दिएको  हो।

अदालतले उक्त वडाको मत पुन:गणना गर्न पनि आदेश दिएको रजिष्टार श्रीलाल पौडेलले जानकारी दिए।

निर्वाचनमा ३ मतले पराजित भएपछि एमालेका उम्मेदवार पुष्कल थापाले पुनस् मतगणना माग गर्दै जेठ १८ गते अदालतमा निवेदन दिएका थिए।

उक्त रिट निवेदनमा सुनुवाइ गर्दै अदालतका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो।

निर्वाचन आयोगले उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमल्सिनाले १६४३ मत पाएर विजयी भएको घोषणा गरेको थियो। उनका प्रतिस्पर्धी एमालेका थापाले १६४० मत पाएका थिए।

थापाले वडामा खसेको ९ मत गणनामा नदेखिएको र उक्त मत आफूले पाउने भन्दै अदालतमा रिट दिएका थिए।

थापाले निवेदनमा निर्वाचन आयोग र वडाध्यक्ष तिमिल्सिनालाई विपक्षी बनाएका थिए। अदालतले निर्वाचन आयोगको नाममा पुनस् मतगणना गर्न आदेश दिएको हो।