उपनिर्वाचनका लागि आजैै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

बिहिबार, २३ चैत्र २०७९

काठमाडौं— निवाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने बताएको छ।

आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी उनीहरूलाई चुनाव चिह्न पनि प्रदान गरिनेछ। उम्मेदवारी फिर्ता लिनका लागि आयोगले आज दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको छ भने त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ।