हामीहरु असफल भएको खण्डमा धेरैको आशा र भरोसा असफल हुन्छः लामिछाने

बिहिबार, २३ चैत्र २०७९

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु असफल भएको खण्डमा धेरैको आशा र भरोसा असफल भने बताएका छन् । उनले चितवनमा आफूलाई मतदान गर्न आग्रह गर्दै सो कुरा बताएका हुन् ।

उनले चुनावी अभियानका क्रममा चितवनको ईच्छाकामना गाउँपालिका हात्तिवाङमा पुगेका लामिछानेले त्यहाँका मतदाताहरुलाई आम युवाको सपना पुरा गर्न आग्रह गरेका हुन् । ‘हाम्रा लागि चुनौतिहरु धेरै छन्, हामी फेल भयौं भने मान्छेको आशा र भरोसा फेल हुन्छ । यही गाउँमा कति युवाहरु विदेशमा बस्नु भएको छ । तपाईहरुले नचिने पनि घण्टीमा भोट हाल्नु है आमा, त्यहाँ रवि दाईलाई भोट हाल्नु भनेको छ होला नि? विदेशबाट तपाईँहरुलाई । किन भनेको थाहा छ? उनीहरुलाई आश छ,’– लामिछानेले भने ।