एनआईसी एशियाका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा डिजिटल भुक्तानी गर्दा आकर्षक छुट प्राप्त

शुक्रबार, २४ चैत्र २०७९

 

 

काठमाडौं— एनआईसी एशिया बैंक र काठमाडौं स्थित पशुपति प्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्सका बिच विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनिका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले ग्राहकहरूलाई सो सुविधाको भरपुर फाइदा उठाउन अनुरोध गरेका हुन् । सो समझदारीपत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभस प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालज्यूले हस्ताक्षर गरेका छन् । उक्त समझदारीअनुसार बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्डवा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीहरूल केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सक्ने कुरा बताइएको छ ।