मिटरब्याज पीडित र सरकारबीचको वार्ता पीडितको मागबारे छलफल नै नगरि सकियो
काठमाडौं – मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार भएको वार्ता पीडितको मागबारे छलफल नै नगरि सकिएको छ । काठमाडौंमा आन्दोलित पीडितसंग सरकारले २५ चैतमा प्रारम्भिक छलफल हुँदा पीडितले सरकारसमक्ष ६ बुँदे माग राखेका थिए तर आजको वार्तामा उनीहरुको मागमा प्रवेस नै नगरि बार्ता सकिएको हो ।
२८ चैतमा फेरि वार्तामा बस्ने गरी सोमबारको वार्ता सकिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिएका हुन् ।
उनका अनुसार आजको वार्तामा मिटरब्याज पीडितसंग सरकारले यस अगाडि गरेका सहमतिका बारेमा छलफल भयो । सरकारले १ असोज र १८ चैतमा मिटरब्याज पीडितसंग सम्झौता गरेको थियो ।
यी सम्झौताले मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै २० चैतदेखि मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ । काठमाडौंमा आन्दोलित पीडितसंग सरकारले २५ चैतमा प्रारम्भिक छलफल गरेको थियो । छलफलका क्रममा पीडितले सरकारसमक्ष ६ बुँदे माग राखेका छन् ।
पीडितले राखेका ६ बुँदे मागका विषयमा सोमबारको वार्तामा विस्तृतमा छलफल नभएको संघर्ष समितिका प्रवक्ता नविनले बताए । प्रवक्ता नविनका अनुसार भोलि हुने वार्तामा मिटरब्याज पीडितले राखेका ६ बुँदे मागका विषयमा छलफल हुनेछ ।
यस्ता छन् मिटरब्याज पीडितले राखेका माग
१० मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत ९तमसुक, दृष्टिबन्धक रजिष्ट्रेसन० छिनुवा पास, कतिपय अवस्थामा चेक समेत आदि० मन्त्रीपरिषद् स्तरीय निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने ।
२० कानुन मन्त्रालयमा अडकिएको ’मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल’ ले सिफारिस गरेको कानुनी मस्यौदा तत्काल संघर्ष समिति र पीडितको जानकारीमा ल्याउनुपर्ने साथै पीडितसँग छलफल गर्दै समयसिमा तोकेर फास्ट ट्रयाकमा नयाँ कानुन जारी गर्नुपर्ने ।
३० नयाँ कानुन लागू नभएसम्म फर्जी लिखतका आधारमा अदालतमा मिटरव्याजसंग सम्बन्धित मुद्धाको दर्ता तथा सम्पूर्ण अदालती प्रकृया स्थगित गर्नुपर्ने र फैसला भइसकेका मुद्धाको पुनरावलोकन गर्नुपर्ने साथै फर्जी लिखतका आधारमा पकाउ परेका पीडितको स–सम्मान रिहाइ गर्नुपर्ने ।
९४० जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका र दर्ता हुन आउने मिटरब्याजसंग सम्बन्धित निवेदनका आधारमा साहु महाजनलाई तत्काल पक्राउ गरी उनीहरुको सम्पत्ति छानविन गर्नुपर्ने ।
५० साहु–महाजनद्वारा भएका मिटरब्याजसँग सम्बन्धित हत्या, दुर्व्यवहार, महिलामाथि हुने ज्यादती तथा यौन हिंसा तथा मानवअधिकार उल्लंघनका अन्य घटनाको गम्भीर छानविन गर्दै कारवाही गर्नुपर्ने तथा पीडितलाई न्यायोचित क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने ।
६० पीडितले गैह्रकानुनी व्याजदरमा ऋण लिनुपर्ने कारणको पहिचान गर्दै शोषित तथा उत्पीडित वर्ग तथा समुदाय साथै उद्यमी तथा व्यवसायी लक्षित न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्न सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याउनुपर्ने ।