एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा छः माधवकुमार नेपाल

बुधबार, २९ चैत्र २०७९

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको बताएका छन् ।

नसरीको इनरुवामा बुधबार सञ्चारकर्मीहरु संग गफ गर्दै नेपालले सो आरोप लगाएका छन् । नेपालले एमालेको यो सोचलाई पूरा हुन नदिने भन्दै संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए । ‘एमालेभित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ । मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौं । त्यो बाटोमा त हामी जान सक्दैनौं । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं,’ उनले भने ।

उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताए । नेता नेपालले केही व्यक्तिले पार्टी छाड्नु विचार नभई व्यक्तिगत निर्णयको भएको बताए ।