परराष्ट्रमन्त्री कांग्रेसका एनपी साउदले पाउने निस्चित

शनिबार, २ बैशाख २०८०

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनी साउद परराष्ट्रमन्त्री बन्ने साउदले पाउने निस्चित भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेन ।

स्रोतका अनुसार उपचुनावअघि साउद परराष्ट्रमन्त्री बन्ने छन् । उनको शपथ भोलि दिउँसो ३ बजेका लागि तय भएको छ ।