नेपाल लाइफ इन्स्योरेन्सद्वारा क्यास व्याक अफर सार्वजनिक

बिहिबार, ७ बैशाख २०८०

काठमाडौ— नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा क्यास व्याक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत बैशाख महिना भरि बीमा शुल्कको नविकरण ई–सेवामार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५% वा २३० रुपैयाँ सम्मको क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम संग आफ्ना आदरणीय ग्राहक तथा अभिकर्ताहरुलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर संचालनमा ल्याइएको हो । प्रविधिको अधिकतम प्रयोग गर्दै कार्य सम्पाद नगर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई–सेवा, खल्ती, फोन–पे, कनेक्ट आइ.पी.एस, आई एम ई–पे र प्रभु–पे संग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसीबसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घर बाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने बताए । आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहकहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको कुरा समेत पराजुलीले बताए ।