मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले दिइन राजीनामा

शुक्रबार, ८ बैशाख २०८०

काठमाडौं— मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले राजीनामा दिएकी छिन् । उनले राजीनामा दिए संगै अध्यक्षमा पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे चयन भएका छन् ।

फाउण्डेशनको शुक्रवार बसेको बैठकमा व्यक्तिगत र घरायसी कारणले दिएको उषाकिरणको राजीनामा स्वीकृत भएको थियो । उषाकिरणले अध्यक्षबाट राजीनामा दिए पनि आफू सचिवालय सदस्यको जिम्मेवारीमा भनि रहि रहने बताइन् । सोही बैठकमा फाउण्डेशनकी सचिव पेम्बा लामाले पनि राजीनामा दिएकी छन् । उनी अखिल नेपाल महिला संघका महासचिव निर्वाचित भएकाले राजीनामा दिएकी हुन् । मदन भण्डारी फाउण्डेशनकी संस्थापक अध्यक्ष विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएपछि विगत ७ वर्षदेखि छोरी उषाकिरण अध्यक्ष थिइन् ।