चितवन–२मा सर्वदलीय बैठक जारी

सोमबार, ११ बैशाख २०८०

काठमाडौं— चितवन क्षेत्र नम्बर–२ मा सर्वदलीयरसर्वपक्षीय बैठक जारी छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतगणना सुरु गर्नका लागि आज बिहान ९ बजेदेखि बैठक बसिरहेको हो ।

चितवन–२ का सहायक निर्वाचन अधिकारी ईश्वर आचार्यले बैठक अझै जारी रहेको जानकारी दिए । आज बिहान ८ बजेका लागि नै बोलाएइ पनि दलका प्रतिनिधि उपस्थित नहुँदा एक घण्टा ढिलो बैठक सुरु भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहिताविरुद्धको उजुरीमा सुनुवाइ नगरेको भन्दै नेपाली कांग्रेसको विमति जनाएको थियो । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रजिअको जवाफपछि मात्र आफूहरू मतगणनाका लागि तयार हुने बताएका छन् ।