आजबाट ‘राष्ट्रिय चिया दिवस’ को २७ औँ संस्करण सुरु

बिहिबार, १४ बैशाख २०८०

काठमाडौँ – ‘राष्ट्रिय चिया दिवस’ को २७ औँ संस्करण बैशाख १४ आजबाट सुरु भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा विभिन्न राष्ट्रहरूबाट सहभागी चियाका क्रेता र बिक्रेताहरूलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा काठमाण्डौँमा चौथो अन्तरराष्ट्रिय चिया उत्सवको आयोजना सुरु गरिएको हो । कार्यक्रममा नेपालको चिया प्रदर्शनी तथा टी-टेस्टिङ पनि हुनेछ ।

इलामको फिक्कलमा पनि १५ र १६ गते राष्ट्रिय चिया दिवस’ कार्यक्रम हुनेछ । उक्त अवसरमा नेपाली अर्थोडक्स चियामा लागू हुने ‘ट्रेसाविलीटी प्रणालीु को सुरुवातसँगै राष्ट्रिय युवा चिया उद्यमीहरूलाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।