रास्वपा सरकारमा जानेबारे रविले गरे यस्तो सनसनीपूर्ण खुलासा

बिहिबार, १४ बैशाख २०८०

काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकारमा जाने र दिएको समर्थन फिर्ता लिनेबारे सनसनीपूर्ण खुलासा गरेका छन् ।

चितवन २ बाट विजयी भएपश्चात कामठाडौंमा पहिलोपटक सञ्चारकर्मीसँग प्रस्तुत भएका रविले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सक्ने तर्फ संकेत गर्दै यो सरकारको ४ वर्षिय कर्यकालभरि सरकारमा नजानपनि सक्ने खुलाशा गरेका हुन् ।

लामिछानेले सरकारको न्यूनतम कार्यक्रमबाट आफ्नो पार्टीका एजेन्डाहरू हटाइएकोमा असन्तुष्टि जनाए । कुनै पनि समयमा भएको भ्रष्टाचारको फाइल खोल्ने विषय नीति(कार्यक्रममा हटाइएको भन्दै उनले सरकारलाई समर्थनको औचित्यमै प्रश्न उठेको बताए ।

‘जुन ढंगले न्यूनतम साझा कार्यक्रममा हाम्रा महत्वपूर्ण बुँदा हटाइएको छ, अब हामीले सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने भएको छ । भ्रष्टाचारको फाइल नखोल्ने हो भने त सरकार पनि हट्न बेर लाग्दैन । हामी थप मजबुत भएर आएका छौं ’, रविले भने । उनले आफ्नो पार्टी सरकारमा जाने स्थिति नरहेको समेत स्पष्ट पारे ।