पीडितका जनगुनासोको आधारमा लघुवित्त संस्था र मिटरब्याजीहरुलाई जनकार्वाही गर्छौं : नेता जागृति

आइतबार, १७ बैशाख २०८०

प्यूठान् – नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागृति सीले पीडितका जनगुनासोको आधारमा लघुवित्त वित्तिय संस्था सन्चालक र मिटरब्याजेहरुलाई जनकार्वाही गर्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्विनी व्यूरोद्धारा सन्चालित यूवा मार्च तथा जनभेटघाट अभियानको क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता जागृति सीले वैंकहरुको चर्को ब्याज, लघुवित्तको मनपरी र मिटर ब्याजीहरुको अवैध धन्दाका विरुद्ध पिडितहरु एकतावद्ध हुदैँ जनता आफैले नवसामन्त मिटरब्याजी र नवसुदखोर लघुवित्त वित्तिय संस्थाहरुलाई गाउँगाउँबाट लखेट्न पर्ने बताए । उनीहरुलाई लखेट्न जनता तयार भएको खण्डमा आफ्नो पार्टीले सहयोग गर्ने उनको भनाई थियो ।

उनले अव यि यस्ता सबैखाले समस्याहरुको समाधान एकीकृत जनक्रान्तिको बाटोबाट देशमा वैज्ञानिक समाजवाद स्थापना गरेमात्र सम्भव रहेकोले प्यूठानवासी जनसमुदायलाई एकीकृत जनक्रान्तिको अभियानमा लामवद्ध हुन आव्हानसमेत गरे ।

त्यस्तै युवा मार्च तथा जभेटघाट अभियानका कमाण्डर एवम् यूवा संगठन नेपाल पस्चिम लुम्विनी व्यूरो इन्चार्ज सागर सीले यो अभियानको क्रममा शहिद तथा वेपत्ता परिवार, जनयूद्धका घाइते तथा अपाङ्ग योद्धा र अति विपन्न वर्गका बस्तिहरुमा गई श्रममा जोडिने र गाँउगाँउमा यूवा संगठन विस्तार गर्ने बताए ।

३४ औं ऐतिहाँसिक जनआन्दोलन दिवसको अवसर पारी चैत्र २४ गते देखि सन्चालन गरेको यूवा मार्च तथा जनभेटघाट अभियान व्यूरोको पुर्वी र पस्चिम कपिलवस्तु, दाङ्गदेउखुरी उपत्तेकामा समपन्न गरी वैशाख १४ गते प्यूठान प्रवेश गरेको थियो । अभियान टोलीले सरुमारानी गाँउपालिकाको दरभान बजार, ढुंगेगढी बड्डाडा, माण्डवीको चकचके, नयँगाँउ, स्वर्गद्धारी नगरपालिकाको भिँँग्री, जलुके, किमिचौर, हुँदै शनिबार प्यूठान नगरपालिकाको क्वाडी, जुम्री बजार, बिजुवार शहिद मित्रमणी चोक र वाग्दूला चोकसम्म यूवा मार्चपास र नाराजुलुससहित बजार परिक्रमा गर्दै कोणसभाहरु सम्पन्न भएको थियो ।

त्यस्तै आइतवार (आज) नौबहिनी गाँउपालिकाको लुङ्ग बाहनेमा यूवा मार्चपास तथा कोणसभा हुने यूवा संगठन नेपाल प्यूठानले जनाएको छ ।