पूर्वगृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई पक्राउ
काठमाडौं – पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। सल्लाहकार राई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिए संगै प्रहरीले पक्राउ गरिएको हो।
उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएको हो ।नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतद्वारा उनी माथी सोधपुछ सुरु भएको छ ।