रास्वपाका सभापति लामिछाने र जनमतका अध्यक्ष राउतबीच भेटवार्ता

मंगलबार, १९ बैशाख २०८०

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच मंगलबार काठमाडौंमा भेटवार्ता भएको छ ।

भेटपछि रास्वपाको फेसबुक पेजमा लेखिएको छ, “नयाँ शक्तिहरू बीचको सौहार्दताः नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।”