शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्नैपर्छः महेश बस्नेत

बुधबार, २० बैशाख २०८०

काठमाडौं— नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने पर्ने बताएका छन् ।

एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनले नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषिलाई काबारही गर्न दलहरु एक हुनुपर्ने बताए । उनले फेशबुकमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित छ । नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषिलाई कारवाही गर्न दलहरु एक हुनुपर्दछ । एमाले, काँग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कार्बाहि गर्नु पर्दछ ।’ एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ ।