स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहनेछुः धनराज गुरुङ
काठमाडौं— नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहने बताएका छन् ।
मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै पत्रकारसित कुरा गर्दै उनले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम गर्छु ।’ उनले आफूले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन् । स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको भन्दै उनले आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको पनि बताए । हिजो बुधबार मन्त्री नियुक्त भएका गुरुङले बिहीबार शपथ लिए लगत्तै मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन् ।