गरिमा विकास बैंकद्वारा भुरुङ तातोपानीमा एटिएम सेवा सुचारु

शुक्रबार, २२ बैशाख २०८०

काठमाडौं— गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ०२, भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको छ ।

बैंकले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो । एक कार्यक्रमका बिच विकास बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयूक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका हुन् । म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानीभएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ । बैंकले नेपाल भर १२१ शाखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविट/क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।