ट्याक्सी चालकले गरे मैतीदेवीमा विरोध प्रदर्शन
काठमाडौं— ट्याक्सी चालकले मैतीदेवीमा विरोध प्रदर्शन गरेका छन् ।पार्किङ र स्ट्याण्ड नभएको भन्दै उनीहरूले सडकमा ट्याक्सी रोकेर मैतीदेवी चोकमा आन्दोलन गरेका हुन् ।
ट्याक्सीवालाको आन्दोलनका कारण यस क्षेत्रको सवारी आवागमनसमेत प्रभावित भएको छ । गौशालादेखि पुतलीसडकसम्म कहीँ पनि स्ट्याण्ड नभएको उनीहरूको गुनासो छ । भएको स्ट्याण्ड पनि महानगरले हटाइदिएको र कहीँ मान्छे चढाउन ओराल्न खोज्दा पनि ट्राफिक प्रहरीले कारबाही गर्ने गरेकाले विरोध जनाएको उनीहरूले बताएका छन् । यसअघि नै काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएपछि विरोधमा उत्रिएको चालकहरूको भनाई छ ।