एमाले सचिवालय बैठक: रायमाझीलाई कारबाही गर्न हतार नगर्ने निर्णय

मंगलबार, २६ बैशाख २०८०

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठकले सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने बताएको छ । रायमाझीलाई निष्कासित गर्नसक्ने विषयमा पत्रकारको प्रश्नमा रायमाझीलाई कारबाही गर्ने विषयमा हतार नगर्ने बताएको हो। रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय गरेको बताएपनि कारवाहीको बिषयमा छलफल नभएको एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

बैठकपछि पत्रकारहरुसँग बोल्दै गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्नेमा जोड दिइएको उल्लेख गरे ।

उनले भने,  ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र ? दोषी ठहर भइसकेको छ र ? अहिले त अनुसन्धानको प्रारम्भमात्रै छ । यस्ता कुरामा हतार गरेर हुँदैन ।’