प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त?
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त? भन्दै प्रश्न गरेका छन् ।
लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको भन्दै प्रश्न उठाएका हुन् । उनले शीर्ष नेताहरूको तीव्र भेटघाटले अनुसन्धान फितलो बन्दै गएको आशंका व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘शीर्ष नेताहरूको तीव्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहीन, नाम आएकाहरुमाथिको अनुसन्धान फितलो खबरदार!’ लामिछानेले अनुसन्धानको लहरो ठूला नेता र उनीहरूका सन्तानतर्फ अगाडि बढे पनि त्यतिकै छाडिए हेरे नबस्ने चेतावनी पनि दिएका छन् । उनले भनेका छन्, ‘यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त रु एउटा तोप पड्काउन यत्रो सकस!’