पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

बुधबार, २७ बैशाख २०८०

काठमाडौं— पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।

प्रहरी स्रोतको अनुसार नेपाली कांग्रेसका नेता समेत रहेका खाण आज विहान निजी निवासबाट नै पक्राउ परेका हुन् । उनी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए । दुई दिनअघि खाणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो । यसअघि यहि प्रकरणमा सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् । एमाले सचिव रायमाझी भने हाल सम्म फरार रहेका छन् ।