नक्कली शरणार्थी प्रकरणमा पूर्वाग्रहरहित अनुसन्धान गरिएन भने नेपालको छवि बिग्रन्छ: उपेन्द्र यादव

शुक्रबार, २९ बैशाख २०८०

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहरहित ढंगले अनुसन्धान गर्न नहुने बताएका छन् । यस्तो प्रकरणले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा धुमिल भएको भन्दै उनले अनुसन्धानमा जो दोषी देखिए पनि पूर्वाग्रह नसाधी तिनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन्  ।

जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै जसपा अध्यक्ष यादवले सरकारमा रहेका जिम्मेवार व्यक्तिले नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको बताए । ‘यो घटनाको निष्पक्ष छानबिन पूरा हुनुपर्छ । छानबिन गरेर जो अभियुक्त देखापर्छ त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘पूर्वाग्रहरहित भएर छानबिन हुनुपर्छ ।’

यसबाट नेपालको साख, छवि अन्तर्राष्ट्रिय जगतमा धुमिल भएको भन्दै उनले यो खासगरी अमेरिका लगायतका देशका लागि ज्यादा चिन्ता र सरोकारको विषय बनेको बताए ।