टोपबहादुरको खोजीका लागि भारत पुगे प्रहरी

आइतबार, ३१ बैशाख २०८०

काठमाडौं— नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको खोजीका लागि प्रहरीको एउटा टोली भारत पुगेको स्रोतले जानकारी दिएको छ । उनि पक्राउ पुर्जी जारी भए देखि फरार भएका हुन् ।

स्रोतले दिएको जानकारी अनुसार रायमाझी भारतमा रहेको आशंका गरिए पनि कतिपयले भने उनी काठमाडौंमै रहेको बताउँछन् । रायमाझीको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली भारत पुगेको स्रोत बताउँछ । अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परिसकेका छन् । पक्राउ परेकाले दिएको बयानका आधारमा थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

पक्राउ पुर्जी जारी भएका कांग्रेस सभासद आङ्टावा शेर्पाले सानु भण्डारीलाई भेट गरेर खाँणसँग मिलेमतो गरेको आरोप लागेको छ । जिल्ला अदालत काठमाडौंले थप दुई विरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली कांग्रेसका पूर्वसभासद आङ्वाटा शेर्पा र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गर्नका लागि पुर्जी जारी गरिएको हो ।