शरणार्थी प्रकरणमा अदालतबाट बाहिँरिँदै गर्दा पनि छोडेनन् खाँणले आफ्नो दाबी,भने म संलग्न छदैछैन
काठमाडौं – पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । अनुसन्धानका लागि म्याद थप्न प्रहरीले काठमाडौं जिल्ला अदालत पुर्याएका खाँणले नक्कली भुटानी सरणार्थी प्रकरणमा आफ्नो संलगनता नरहेको दाबी नछोडेका हुन् ।
काठमाडौं जिल्ला अदालत पुर्याएका खाँणले अदालतबाट निस्कने क्रममा छोटो प्रतिक्रिया दिँदै यो प्रकरणमा आफु संलग्न हुँदै नभएको बताए ।’ ‘उनले भने, यसमा मेरो संलग्नता छदैछैन ।’