खुला स्थानमा आगो बाल्नेलाई महानगरले तिरायो ५ हजार रुपैयाँ जरिवाना
काठमाडौं— काठमाडौँ महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
महानगरपालिकाले मङ्गलवार वडा नम्बर ९ स्थित खुला स्थानमा आगो बालेर वातावरण प्रदूषण गर्ने सञ्जीव रावतलाई जरिवाना तिराएको हो । महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलगायतका वातावरण प्रदूषण गर्ने काम नगर्न सचेत गराउँदै आएको छ भने अटेर गर्नेमाथि जरिवाना गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा