कम लागतमा उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बन्नुपर्छः रेनु दाहाल

बुधबार, १० जेष्ठ २०८०

काठमाडौं— भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कम लागतमा उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताएकी छन् । भरतपुर–२२ मा निर्माण भएको दुई वटा बोरिङको उद्घाटन गर्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।

प्रमुख दाहाललेउनले कृषि उत्पादन वृद्धि गरे तेस्रो मुलुकबाट आउने खाद्यान्न रोकिने र देशको अर्थतन्त्र पनि बलियो बन्दै जाने बताइन् । कृषि उत्पादन वृद्धि गर्न भरतपुर महानगरपालिकाले उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको पनि उनको भनाई थियो । उनल कृषि उत्पादन गर्न सिँचाई र उन्नत बीउको आवश्यकता हुने भएकाले महानगरपालिकाले कृषकलाई सिँचाइ र बीउको प्रबन्ध मिलाएको बताइन् ।

भरतपुर महानगरपालिकाले लिएको नीति अनुरूप कृषि उत्पादन वृद्धि गर्ने गरी विगतदेखि नै यान्त्रिकीकरणलाई जोड प्रतिफल पनि प्राप्त गर्न सफल भएको प्रमुख दाहालले बताइन् । बुधवार महानगरपालिका प्रमुख रेनु दाहालले दुई वटा भूमिगत सिँचाई प्रणाली अन्तरगतको डिप बोरिङको उद्घाटन गरेकी छन् । भरतपुर २२ को सुख्खाग्रस्त क्षेत्र गर्भेटाँडी र पदम पोखरीमा निर्माण भएको बोरिङ उद्घाटन गर्दै प्रमुख दाहालले सिँचाइको अभावमा कुनै पनि खेत बाझो राख्न नपर्ने उल्लेख गरिन् । भरतपुरमा ९ हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकोमा हालसम्म २१ सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उनको भनाइ छ ।