टेकराज शाहीको पहलमा कालिकोटले पायो दुई एम्बुलेन्स

बिहिबार, ११ जेष्ठ २०८०

काठमाडौं – नेपाली कांग्रेसका महासमिति सदस्य टेकराज शाहीको पहलमा कालिकोट जिल्लाले दुई वटा एम्बुलेन्स पाउने भएको छ । शाहीको पलमा जिल्ला अस्पताल कालिकोट र तिलागुफा नगरपालिकाले एक–एक वटा एम्बुलेन्स पाउने भएका हुन् ।

कर्णाली प्रदेश पर्याटकिय तथा सांस्कृतिक केन्द्रका अध्यक्षसमेत रहेका शाहीले विभिन्न निकायको सहयोगमा एम्बुलेन्सको व्यवस्था गरेको हुन् । यो कार्यमा काठमाडौं महानगरपालिकासहित विभिन्न कर्पोरेट हाउसहरुले आर्थिक सहयोग गरेका शाहीको भनाई छ । यसरी आर्थिक सहयोग गर्नें विभिन्न निकायलाई केन्द्रले एक कार्यक्रम गर्दै सम्मानसमेत गरेको छ । बुधबार एक समारोहका बीच सहयोगी संस्थाहरुलाई सम्मान गरिएको थियो । दुई वटै एम्बुलेन्स खरिदको प्रक्रियामा रहेको संस्थाले जनाएको छ ।

सम्मान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोलाले सम्पत्तीको खानी कर्णालीलाई चिन्न नसक्दा यहाँका जनताले दुःख पाएको बताइन् । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी उनले कर्णालीका दुःख मेटाउनका लागि टेकराजहरुको पहल सकारात्मक रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्ने सम्पूर्ण बक्ताहरुले शाहीको आँटको सम्मान गर्दै प्रसंसा गरेका थिए । कार्यक्रममा नेकपाका धनराज शाली, राप्रपाका नेता धनसुर शाही, नेकपा एमालेका नेता खड्गबहादुर सिंह लगायतको आतिथ्यता रहेको थियो ।