एमालेद्वारा संसद बैठक अवरोध

शुक्रबार, १२ जेष्ठ २०८०

काठमाडौं— नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ ।

नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो । एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर संसद अवरोध गरेको हो ।