वायुसेवा निगमको जीएम फेर्न तीन करोड रुपैयाँको प्रस्ताव आएको सुदन किरातीले खुलासा
काठमाडौं— नेपाल वायुसेवा निगमको प्रबन्ध निर्देशक (जीएम) फेर्न आफूसामु तीन करोड रुपैयाँको प्रस्ताव आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खुलासा गरेका छन् ।
पर्यटनमन्त्री किरातीले आफू मन्त्री भएकै दिनदेखि यो प्रस्तावका लागि फोन आउन थालेको जानकारी दिए । त्यसको करिब एक सातापछि ‘एक ठूलो मान्छे’ले भेटेरै यस्तो प्रस्ताव गरेको उनले खुलाए । आइतबार काठमाडौंमा सञ्चारकर्मीसित कुरा गर्दै पर्यटनमन्त्री किरातीले आफूलाई एक महिनामै तीन करोड आउने भन्दै निगमका प्रबन्ध निर्देशक फेर्न प्रस्ताव गरिएको खुलासा गरेका हुन् ।