भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल चयन
काठमाडौं— भन्सार विभागको महानिर्देशकमा सहसचिव शोभाकान्त पौडेल चयन भएका छन् । खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका उनलाई मन्त्रालयले भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिएको हो ।
भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवासँगै जेठयता विभाग नेतृत्वविहीन थियो । पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा काम गरेको अनुभव छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेट सार्वजनिक गरेलगत्तै राजस्व संकलनको एक हिस्सा भन्सारमा अनुभवी प्रशासकलाई ल्याएका हुन् ।