एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरोध, प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने अडान

आइतबार, २१ जेष्ठ २०८०

काठमाडौं— प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको हो ।

प्रतिनिधिसभामा आजबाट आर्थिक वर्ष २०८०र८१ को बजेटमाथि छलफल शुरु हुने कार्यसूची छ । आजको बैठक सुरू हुनासाथ एमालेका सांसदहरू उठेर विरोध जनाए । प्रमुख विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा सदनमा विशेष समयमा बोल्ने तयारी रहेको थियो । प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने प्रमुख सचेतक पदम गिरीले अडान राखेका छन् ।