छात्रवृत्ति नदिने निजीस्कुललाई खारेज गर्ने बालेनको चेतावनी
काठमाडौं— काठमाडौं महानगरपालिकाले छात्रवृत्ति नदिने काठमाडौंका संस्थागत विद्यालयहरुको दर्ता खारेज गर्नै चेतावनी दिएको छ । महानगरपालिकाले मंगलबार देस्रो पटक छात्रवृति नदिने विद्यालयको विवरण सार्वजनिक गर्दे जेठ २८ गतेसम्म छात्रवृत्ति नदिने विद्यालयको दर्ता आरेज गर्ने चेतावनी दिएको हो।
एक सूचना प्रकाशन गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउने बताएको हो । आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ ।
यी हुन विवरण उपलब्ध नगराउने विद्यालय