शहीद स्मृति वहुमुखी क्याम्पस मन्थलीका प्रमुख श्रेष्ठद्वारा एक लाख बिरुवा वृक्षारोपण अभियान टोलीलाई स्वागत
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिंगले सुरुवात गरेको एक लाख बिरुवा वृक्षारोपण अभियान ब्युरो अन्तरगतका विभिन्न जिल्ला हुँदै रामेछापको मन्थली पुगेको छ । काभ्रेको काठमाडौँ विश्वविद्यालयबाट सुरु गरेको अभियान विभिन्न जिल्ला हुँदै रामेछापको मन्थली पुगेको हो। नेकपा पूर्वी ताम्सालिङ्ग ब्युरोको वृक्षारोपण टोलीलाई शहीद स्मृति वहुमुखी क्याम्पस मन्थलीका प्रमुख डा: भरत श्रेष्ठले स्वागत गरेका छन् ।
नेकपाका अभियान टोलीलाई स्वागत गर्दै क्याम्पस प्रमुख डाक्टर भरत श्रेष्ठले पर्यावरणमा भइरहेको क्षति र त्यसको संरक्षणका बारेमा चर्चा गरेका थिए । उनले यो अभियानको प्रशंसा गर्दै भने, पृथ्वीको वायुमण्डलको विभिन्न तहहरु मानव हित प्रतिकुल बन्दै छ । यसप्रकारका अभियानले कार्बनको न्यूनीकरण गरेर पर्यावरणलाई स्वस्थ बनाउन योगदान पुर्याउने भएकोले यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले अभियान अत्यन्तै प्रशंसनीय कार्य भएको भन्दै सफलताको शुभकामना दिए ।
क्याम्पस प्रमुख डा भरत श्रेष्ठले अभियानको टोलीलाई खादा लगाएर स्वागत गरेका थिए ।
रामेछाप जिल्लाको विशेष बैठकलाई सम्बोधन गर्न मन्थली पुगेका नेकपा पुर्बी ताम्सालिङ्ग ब्युरो इञ्चार्ज विकल्प सीले सो अभियानको उद्घाटन गर्दै अहिले र पछिल्लो पुस्ताको सहज जीवनयापनको निम्ति हरियो वन, निलो आकाश र स्वस्थ पर्यावरणीय वातावरण बनाउन यस्ता अभियान आवश्यक भएको बताए । प्रकृतिको सम्मान र संरक्षण गर्न सक्दा मात्रै मानव हित अनुकूल वातावरण बन्ने पनि बताए । पृथ्वी सबैको साझा घर हो यसलाई स्वस्थ राख्नुपर्छ, बनाउनुपर्छ । पर्यावरणीय सभ्यता निर्माणको बहस अब नेकपाले अघि बढाउने र यसमा सबैको साथ र सहयोग हुने विश्वास पनि व्यक्त गरे । साथै विद्यालय प्रशासन र ब्यबस्थापनका नेतृत्वलाई धन्यवाद समेत दिए ।
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का जुझारू युवा नेता दयाराम सी, सल्लाकार यादव सी, नेकपा रामेछाप जिल्ला पार्टी र क्याम्पस प्रशासनको समन्वयमा सम्पन्न भएको हो ।
सो अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार यादव सी, क्याम्पस प्रमुख डा भरत कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुवेदी, जिल्ला ईन्चार्ज चैतन्य सी, सेक्रेटरी बद्री सी, सिताराम सी युवा संगठन नेपाल ब्युरोका संयोजक शंकर सी लगायत जिल्ला नेताहरु र विद्यार्थी भाईरवहिनीहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो ।
जेठ २६ गते काभ्रेको काठमाडौँ विश्वविद्यालयबाट नेकपाका महासचिव विप्लवले १ लाख बिरुवा वृक्षारोपण अभियान उद्घाटन सुरु भएको थियो ।
यो अभियान काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा बर्षायाम भरी चल्ने बताइएको छ ।
