मेरो मिहिनेत र सफलता देखेर विरोधिहरु पनि प्रशंसक भएका छन्

बिहिबार, ३२ जेष्ठ २०८०

काठमाडौं – चितवनको लायन्स चोक, प्रेस मार्गमा अवस्थित छ सेन्ट्रल कलेज अफ भोकेशनल टे«निङ इन्स्टिच्युट । सेन्ट्रल कलेजले नेपालबाट अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श, भाषा शिक्षण, पूर्वतयारीका कक्षाहरु, भिसा प्रोसेसिङ लगायतका सुविधाहरु दिइरहेको छ ।

सेन्ट्रल कलेज विशेषगरी अध्ययनका लागि जापान जान चाहने विद्यार्थीको पहिलो रोजाई बनेको छ । चुस्त व्यवस्थापन, जापानीज भाषाका अनुभवि शिक्षक, मिहिनेती कर्मचारी, विद्यार्थीका लागि बसको सुविधा भएका कारण विश्वासिलो शैक्षिक संस्थाको रुपमा स्थापित भएको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाईवी)को भनाई छ । नेपालबाट सबैभन्दा धेरै विद्यार्थी पठाउने कन्सल्टेन्सीको रुपमा चिनिएको सेन्ट्रल कलेजले आफ्नै भवन बनाएपछि विद्यार्थीले थप सुविधा पाउने उनको भनाई छ ।

सेन्ट्रल कलेजले जापानको अलवा अस्ट्रेलिया, युके, क्यानडा, साउथ कोरिया र युरोपका देशहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई सहि परामर्श दिइरहेको छ । यी देशहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई भाषा कक्षाहरु र पूर्वतयारीका कक्षाहरु पनि संचालन गरिरहेको छ ।

लामो समयको संघर्ष, त्याग र विद्यार्थीको सेवामा समर्पित भएकै कारण सेन्ट्रल कलेजले दिन प्रतिदिन सफलता प्राप्त गरिरहेको वाइवीको भनाई छ । ‘म दिनमा १८ घण्टा खटेर विद्यार्थीको सेवामा समर्पित भइरहेको छु । हरेक दिन एउटा–एउटा समाजिक काममा सहभागी भएर चितवन र नवलपुरका जनताको सेवा गरिरहेको छु ।’, उनले भने, ‘हाम्रो काम देखेर विगतमा डाहा गर्नेहरु आजभोली हाम्रै प्रशंसक भएका छन् । यसले मलाई विद्यार्थीको पक्षमा थप काम गर्ने हौसला मिलेको छ ।’

पहिलादेखि नै सामाजिक काम गरेर हिड्ने, सबैसँग मिलनसार, कसैसँग नराम्रो नगर्ने, नराम्रो नसोच्ने भएकै कारण चितवन र नवलपुरका विद्यार्थीले विश्वास गरेको उनको दावि छ । ‘म पहिलादेखि नै सत्यको पक्षमा छु, मिहिनेतको पक्षमा छु, कर्मको पक्षमा छु । म सत्यमा विश्वास गर्छु, मिहिनेतमा विश्वास गर्छु, कर्ममा विश्वास गर्छु ।’, मोटिभेट न्यूजसँगको भेटमा उनले भने, ‘केही साथीहरुले हिजोका दिनमा विरोध गर्नुहुन्थ्यो । व्यवसायी साथीहरुले रिस गर्नुहुन्थ्यो । सामान्य कमी कमजोरी हुँदा पनि उहाँहरुले ठूलो इस्युको रुपमा लिनुहुन्थ्यो । अहले मेरो एकोहोरो लाग्ने बानी र मेरो सफलता देखेर उहाँहरुले मलाई बुझ्नुभयो । अहिले प्रशंसक हुनुभएको छ । यो मेरो कर्मले भएको हो ।’

सेन्ट्रल कलेजले वाईवी जस्तो प्रिन्सिपल पाएकाले यो संस्था सफल भएको उनको भनाई छ । ‘सेन्ट्रल कलेजले म जस्तो प्रिन्सिपल पाएकाले सफल भएको छ । म पढाईमा पनि डिग्री पास, अनुभवमा पनि डिग्री पास, मिहिनेतमा पनि डिग्री पास भएकाले यो संस्थाले सफलता प्राप्त गरेको हो ।’, उनले भने, ‘यो संस्थाको मुख्य काम विदेश पठाउने हो । तर विदेश जान नसकेका विद्यार्थीहरुलाई नेपालमै सिपमूलक तालिम दिएर स्वरोजगार बनाइरहेका छौं । त्यस्तै यो समाजसँग मिलेर तमाम सामाजिक काम गरेका छौं । यो वाईवीको क्षमता हो । योग्यता हो ।’

विद्यार्थीहरु गलत क्रियाकलापमा नलागुन् भनेर सेन्ट्रल कलेजले लगूऔषध विरुद्धका कार्यक्रमहरु गरेर जनचेतजा फैलाइरहेको छ । कलेजहरुको विभिन्न कार्यक्रमहरुमा सहकार्य गर्दै जनचेतना फैल्याउने, बेलाबेलामा ट्राफिक प्रहरीसँग मिलेर जनचेतनाका कार्यक्रमहरु गर्ने, क्लबहरुसँग मिलेर अन्य सामाजिक काम गरेकाले विद्यार्थीले विश्वास गरेको वाईवीको भनाई छ ।

स्थापनाको दिनमा विद्यार्थीहरु खोजेर गाउँगाउँमा जाने गरेको विषय कोट्याउँदै उनले भने, ‘अहिले विद्यार्थी धेरै भएर व्यवस्थापनमा समस्या भएको छ । त्यही भएर अर्को घर बनाउँदैछौं । पहिला विद्यार्थी खोजेर गाउँगाउँमा जाने गरेका थियौं ।’ साथै, उनले विदेश अध्ययनको सोच बनाइरहेका विद्यार्थीलाई समयमै सम्पर्क गरि आफ्नो सिट सुरक्षित राख्नसमेत अपिल गरेका छन् ।