बैकल्पिक शक्तिका लागि पार्टी एकता अनिवार्य : नेता यादव

आइतबार, १० चैत्र २०७५

काठमाडौँ – राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले नेपालमा बैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकिकरण आवश्यकता रहेको बताएका छन् । देशको बैकल्पिक शक्ति निमार्णका लागि संघिय समाजबादी फोरमसंग पार्टी एकिकरण हुने बताए ।

पत्रकार शोभराज बरालको रेडियो कार्यक्रम संबाद चौतारीमा बोल्दै नेता यादवले नयाँ बन्ने पार्टी मद्येशको पार्टी मात्र नभएर देशकै ठुलो शक्ति भएर उदाउने बताए । एमाले, काँग्रेस र माओबादीले देशलाई मिलि मिलि लुटेकाले बैकल्पिक शक्ति चाहिएको जिकिर गरे । त्यो बैकल्पिक शक्ति भनेको आफूहरु नै भएको उनले बताए ।

गोर्खा एफ एमबाट प्रशारित कार्यक्रममा नेता यादवले ६ ओटा पार्टी मिलेर बनेको राजपामा एउटा अर्को शक्ति एकिकरण हुँदा केपि ओलिको साता जाने बताए । उनले भने, “पार्टी एकिकरण पछि मद्येशी जनतालाई हेप्ने ओलिको सातो जानेछ । देशले नयाँ फट्को मार्नेछ र विकासको चरणमा पुग्नेछ ।”

देशमा भएको बेरोजगारी, अन्याय, अत्याचार, भष्ट्राचार अन्त्यका लागि पार्टी एकिकरण गर्न लागेको भन्दै बार्ता र संबादका माध्ययमबाद पार्टी पद्दतीबारेमा टुङमा पुग्ने बताए ।

यादव राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य हुन ।