समाजवादी मोर्चाको औपचारिक घोषणाको निधारित समय सर्यो
काठमाडौं – आज दिउँसो ३ बजे तय भएको समाजवादि मोर्चा घोषणा कार्यक्रम पूर्व निधारित समय सरेका छ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) सहितका दलले बनाउन लागेको ‘समाजवादी मोर्चा’ को औपचारिक घोषणा आज अपरान्ह ४ बजेलाई सरेको हो ।
समाजवादी मोर्चामा आबद्ध हुने दलहरूको प्रधानमन्त्री निवास वालुवाटारमा आज सम्पन्न बैठकले सो निर्णय गरेको बताइएको छ ।नेकपाका केन्द्रिय सदस्य अडिग सीका अनुसार आज अपरान्ह ३ बजे राष्ट्रिय सभागृहवाट ‘समाजवादी मोर्चा’ को औपचारिक घोषणा हुने भनिएकोमा उक्त कार्यक्रम अपरान्ह ४ बजेवाट सुरु हुने भएको हो ।