महानगर भित्रका सार्वजनिक सडकहरुमा पार्किङ संचालन गर्न नपाइने

आइतबार, १० असार २०८०

काठमाडौं— काठमाडौं महानगर भित्रका सार्वजनिक सडकहरुमा पार्किङ संचालन गर्न नपाइने भएको छ। महानगरपालिकाले पार्किङ सञ्चालन गर्न निषेध गरेको हो।

महानगरका मेयर बालेन साहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यस्तै महानगर आफैंले पार्किङ शुल्क समेत असुल गर्ने र पार्किङ शुल्क तोक्न सक्ने अधिकार रहेको साहले बताए। यसमा उपदफा १ मा जे भएपनि यो ऐन जारी भएपछि काठमाडौं महानगरले आफ्नो अधिकार क्षेत्रभित्र निश्चित अवधि तोकिएको समयमा पार्किङ सुविधा उपलब्ध गराए वापत लाग्ने शुल्क अनुसूची ११ अनुसार निर्धारण गरिने उनले बताए।

अहिले गाडीहरु सार्वजनिक सडकमा पार्किङ गर्ने गरिएको छ। जसले गर्दा सबै सडकहरुमा भिडभाड हुने र जाम हुने गरेको छ। तर, महानगरले सार्वजनिक सडकहरुमा पार्किङ गर्न अनुमति नदिने योजनाको विकल्प भने ल्याएको छैन।