केपी ओली नेपालका लागि होइन, भारतका लागि प्रधानमन्त्री बनेका हुन : प्रेम सुवाल

सोमबार, ११ चैत्र २०७५

चैत्र ११ काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले केपि शर्मा ओली देशका लागि प्रधानमन्त्री नभई भारतका लागि बनेको आरोप लगाएका छन् । प्रधानमन्त्री भारतको इच्छामा भारतकै लागि प्रधानमन्त्री बनेको भन्दै अरुण तेश्रो, अपर कर्णाली भारतलाई सुम्पिनु यसको प्रमाण रहेको बताए ।

प्रतिनिधि सभाको सांसद समेत रहेका नेमकिपाका नेता सुवालले सरकारले गर्न लागेको लगानी सम्मेलन आवश्यक नभएको बताए । विदेशीले दोहन गर्न पाएपछि मात्र लगानी गर्ने र दोहन गर्न नदिएपछि लगानी नै नगर्ने उनको भनाई छ । अघिल्ला पटकका लगानी सम्मेलनमा बोले अनुसार लगानी नगर्नुको कारण सोचे अनुसार दोहन गर्न नपाउनुनै भएको उनको दावि छ ।

पत्रकार शोभराज बरालको रेडियो कार्यक्रम संबाद चौतारीमा बोल्दै नेता सुवालले नेपालको जल, जमिन र जंगलमा विदेशीको आँखा परेको र त्यसमा दोहन गर्न पाइन्छकी भनेर नेपालमा लगानी गर्न चाहाने बताए । लगानी सम्मेलनमा नेपालमा दोहन गर्ने बातावरण बनेको वा नवनेको विषयमा जानकारी लिनका लागि सहभागि हुने, लगानी प्रस्ताव गर्ने र पछि धोका दिने गरेको जिकिर गरे ।

गोर्खा एफएमबाट प्रशारित कार्यक्रममा उनले कम्युनिष्टको खोल ओडेको ओली सरकारले देशलाई झन भड्खालोमा हालेको आरोप लगाए । संविधानले नेपालमा शिक्षा र स्वास्थ्यलाई निशुल्क हुनुपर्ने व्यवस्था गरेको बताउँदै पछिल्लो पटक पारिभएको विद्येकले निजि शिक्षा र स्वास्थ्यलाई प्रोत्साहन गर्दै माफियाको पक्षमा कानुन बनाएको आरोप लगाए ।