बजेटको विपक्षमा मत धेरै रहेको भन्दै एमालेले गर्यो मत विभाजनको माग

बुधबार, १३ असार २०८०

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मत विभाजनको माग गरेको छ । एमालेका सचेतक महेश बर्तौलालले बजेटको विपक्षमा मत धेरै रहेको आफूहरूलाई लागेको भन्दै यस्तो माग गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बजेटको पक्षमा बहुमत रहेको भन्दै बजेट पारित भएको घोषणा गरे संगै बर्तौलालले सो मात गरेका हुन् । त्यसपछि सभामुखले मतदानको प्रक्रिया सुरु गराएका छन् ।